‘पार्टी र आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं’ : प्रवक्ता श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको पक्षमा दुढतापूर्वक उभिन र आ आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।

पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताउँदै उनले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छकहरुको चाहना र जनादेशविरुद्ध हुने उल्लेख गरेका छन् ।

नेता श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौ ।’

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने उनको भनाइ छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता महान क्रान्तिकारी उद्देश्य लाई महान क्रेन्दमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको स्मरण गर्दे उनले यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन नसक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्