काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाभर पौडेलका अनुसार भरतपुर महानगरपालिका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वुद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
भरतपुर १० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वासमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो । कात्तिक १३ गते कोराना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयुमा राखेर उपचार गरिएको थियो ।
उपचारका सबै उपायहरु गर्दा गर्दै सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए ।
त्यस्तै, धादिङ्को निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।उनको सोमबार विहान २ : ५५ बजे मृत्यु भएको पौडेलले बताए ।