काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा
पुगेका बेला जनता समाजवादी पार्टीका संघीय विवाद उत्कर्षमा परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले घुमाउरो पारामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सती नजान सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेको भन्दै प्रचण्डलाई ओलीसँगै सती नजान सुझाएका हुन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन् ।
प्रचण्डलगायत नेकपा नेता कार्यकर्तालाई भट्टराईले समाजवादको बाटो बनाउन विद्रोह गर्न आग्रह समेत गरेका छन् ।