काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।
गए राति पोखरास्थित घरमा ६३ वषएका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए ।
केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन् ।
उनी राप्रपा छाडेर २०७४ कांग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।
उनी उद्योगी पनि हुन् । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।