कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समितिको आकष्मिक बैठक १ बजे बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णाप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले भने, नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको आकष्मिक बैठक १ बजे शोक प्रस्ताव पारित गछौ. । अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।

यसअघि सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्दै पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्रमा छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्