काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्ता गरेका हुन् । नेपाली काँग्रेसबाट समानुपातिक निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।