‘तैं चुप मै चुप नगरौं र भ्रष्ट पुँजीवादि पार्टी बन्न नदिऔं’ : प्रवक्ता श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सहि नभएको बताएका छन् । तर त्यसमा अन्तर्निहीत एउटा पक्ष, अर्थात व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही भएको र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार, नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ्य एवम् रुपान्तरणमुखी छलफल गरौं श्रेष्ठले लेखेका छन् । साथै उनले ‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैं ‘व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं भनेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार अर्का अध्यष प्रचण्डसँगको भेटमा सल्लाहमै पार्टी अलग गरै भन्ने प्रस्ताव राखेका थिए । त्यसपछि नेकपा तरङ्ग पैदा भएको छ ।

सोहिप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवम् विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादि पार्टी बन्न पनि नदिऔं भन्ने आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्