भारतीय राजदूत क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् ।

भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो ।

भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’

परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्