पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोनाका कारण मृत्यु



पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोनाको कारण निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सीताको केहीसमय देखि नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको निधन भएको जानकारी प्राप्त भएको छ ।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

प्राप्त जानकारी अनुसार सीता विगत १० बर्षदेखि माइस्थेनिया रोगबाट पिडित थिइन् ।

प्रतिक्रिया दिनुहोस्