काठमाडौं । प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, – प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सिता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःद लागेको छ । म दिवंगत सिता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
दशैंमा पुख्यौँली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिय र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो ।