काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । ‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो ।
त्यसैले म राजीनामा दिन्न्’, प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गरे ।
केहीले (अविश्वासको प्रस्ताव ? ) को तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।
केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट (आफूलाई प्रधानमन्त्रीबाट हटाउने) धेरै कोशिस भएको उनले बताए ।