‘सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुग्यो’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् ।

बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् ।

पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनमा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिाँ ओलीको भनाई उद्दत गर्दै एक मन्त्रीले भने, पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ । ‘

यसअघि ओलीले बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले भनेका थिए, तपाईहरु विचार गर्नुस के अहिले मैले राजीनाम दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनमा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनाम दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु, फेरी केहीले खोइ त राजीनाम भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु । अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्