प्रधानमन्त्री ओली र भारतीय सेना प्रमुख नरवणबीच भेटवार्ता हुँदै



काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्दैछन् । दुईजनाको बीचमा कति बजे भेटहुने कार्यक्रम तय नभए पनि लगभग २ वजे उनीहरुको बीचमा भेट हुने बताइएको छ ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्