प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय बैठक



काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् ।

उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन् । बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए ।

तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिएका थिए । गत आइतबार प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए ।

६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो । पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्