प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट



काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसाग भारतयि सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटे गरेका छन् ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई जनाबीच शिष्टाचार भेट भएको हो ।

सेनाध्यक्ष नरवणे बुधबार नेपाल आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन् । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्