काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक सुरु भएको । पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।
९ सदस्यीय सचिवालयका ४ जना भने गएका छैनन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी छैनन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका थिए ।