धुम्बाराही बैठकको निर्णय : प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किरहेको बेला बैठक पक्षधर सचिवालयका नेताहरुको पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको छ । अनौपचारिक भनिएको सचिवालयका शीर्ष नेताहरुको सो बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गर्दै आज बैठकमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने तय भएको समेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्