बूढानीलकण्ठ-१ का प्रभावशाली सातजना नेकपा प्रवेश : डा.भट्टराईद्वारा खादा लगाई स्वागत



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विचार र सिद्वान्तबाट प्रभावित भएर बूढानीलकण्ठ-१ का सात जनालाई केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले खादा र अविर लगाई नेकपामा प्रवेश गराएका छन् ।

५७ वर्षीय वीर बहादुर लामा सहित मैना लामा, कुमारी लामा, जूनी राई, ज्ञान बहादुर लामा ,निर्मल लामा, राजेन्द्र ठकुरी लगायतलाई डा. भट्टराईले नेकपामा प्रवेश गराएका थिए।

पार्टी प्रवेश कार्यक्रममा नेकपा बाग्मतीका सचिवालय सदस्य सुन्दर पुर्कुटी, बागमती प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगर प्रमुख उद्दव खरेल, नेकपा काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य विदुर विक्रम खड्का, नेकपा बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष रबिन अधिकारी, नगर(उपप्रमुख रमादेवी राई, नेकपा वडा नं १ का अध्यक्ष मनिस भण्डारी लगायतको उपस्थितिमा भएको प्रवेश कार्यक्रममा वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले नवप्रवेसीहरुलाई स्वागत गर्दै उनीहरुको उपस्थितिले नेकपा वडा नं १ थप बलियो भएको बताएका थिए।

बूढानीलकण्ठ नगरपालिकाको शिरमा रहेको वडा नं १ ले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुका साथै सामाजिक र सांस्कृतिक विकासलाई पनि संगै अगाडी बढेको बताउदै अध्यक्ष लामाले यो अभियानमा नवप्रवेशीहरुको भूमिका अझ महत्वपूर्ण हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्