पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले बोलाए माधव नेपाललाई बालुवाटार



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री निवासमा अहिले नेताहरुसँग छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूदेखि असन्तुष्ट वरिष्ठ नेता माधव नेपाललगायत नेतालाई बालुवाटार बोलाएर छलफल सुरु गरेका हुन् ।

छलफलमा वरिष्ठ नेता नेपालसहित भीम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डेलगायत सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्