काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतुत्वको सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको बताएका छन् ।
कोरोना संक्रमण महामारीबा बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र समस्यामा परेका भोका व्यक्तिलाई खाना खुवाउँदा पनि महानगरबाट अवरोध पुर्याएको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले सरकारले अस्थिरताबाहेक केही दिन नसकेको आरोप लगाएका हुन् ।
‘यो सरकारले अस्थिरताबाहेक के दिन सकेको छ ? संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले ठूला भ्रष्टाचार काण्डबारे ढाकछोप गरेको आरोप पनि सिंहले लगाए ।