कोरोना संक्रमित मन्त्री लामालाई हेलिकप्टरबाट काठमाडौं लगियो



हेटौंडा । वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थाम समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि जनाएको छ । उहाँमा खोकी धेरै दखियो ।

हेटौंडामा डाक्टरहरुले थप उपचार काठमाडौं गएर गर्न सुझाएपछि सोही अनुसार गरेका हौं, मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले भने । उनका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेका कारण समस्या देखिएको छ । निरन्तर खोकी लागिरह्यो शरीरमा अक्सिजनको मात्र पर्यात नभएको कारण थप उपचार काठमाडौंमै गर्नुपर्ने डाक्टरहरुको समेत सल्लाह रहेको छ, उनले भने ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०ः३० बजे उनलाई काठमाडौं लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्