विराटनगरमा कोरोना संक्रमणको कारण ४ जनाको मृत्यु



विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोही अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

धनकुटा नगरपालिका-४ धनकुटाका ८२ वर्षीय बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको मंगलबार राति ९ः१५ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई पनि कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषकोे मंगलबार राति ११ः४० बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनमा साँझ संक्रमण पुष्टि भएको थियो ।

धनपालथान गाउँपालिका-६ मोरङकी ७० वर्षीया वृद्धाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २६ कात्तिकमा अस्प्ताल भर्ना भएकी महिलाको बुधबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्