मन्त्रिपरिषदबाट लैगिंक समानता नीतिको मस्यौदा पारित हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन् । लैगिंक हिंसाविरुद्धको १६ लिने अभियानका लाग सन्देश दिँदै उनले लैगिंक समानता नीतिको मस्यौदा पारित हुने जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले तेजाब आक्रमणबाट पीडितलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यवस्थासहितको अध्यादेश पनि जारी गरिएको बताए ।

उनले कोभिड १९ को महामारीको प्रभावले थप लैगिंक हिंसा अन्त्य गर्ने सरकारको अभियानमा राष्ट्रिय र अन्र्तराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज राजनीतिककर्मी, अभियानककर्मी, सञ्चारकर्मी, व्यक्ति, परिवार र समाजको सबैको ऐक्यबद्धताको लाग आग्रह गरेका छन् ।

आजदेखि नोभेम्बर २५९ मङ्सिर१०० देखि डिसेम्बर १० (मङ्सिर २५) तारिखसम्म लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्