काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज छलफल हुनेछ । प्रधानमन्त्री ओलीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार दिउँसो धुम्बाराहीमा सचिवालय बैठक बस्ने भएको हो ।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए । प्रचण्डको उक्त प्रस्तावमा ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन सचिवालयमा पेश गरिसकेका छन् ।
उक्त प्रस्ताव अध्ययन गर्न सचिवालय सदस्यलाई आजसम्म समय दिइएको थियो ।