कोरोनाका कारण फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको निधन



काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको बु्धबार निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था विग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

रोयटर्स समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्