बेलायतमा कोरोना खोप प्रयोग सुरु, ९० वर्षीया महिला विश्वमै कोरोना खोप लगाउने पहिलो व्यक्ति



लन्डन । बेलायतमा मंगलबारदेखि आममानिसमा कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट दिन सुरु गरिएको हो ।

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला फाइजरको कोरोना खोप लगाउने पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला फाइजरको कोरोना खोप लगाउने पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो ।

कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै अर्को हप्ताबाट ९१ वर्षमा प्रवेश गर्दै गरेकी कीननले भनिन् कोभिड १९ विरुद्ध खोप लगाउने पहिलो व्यक्ति बन्न पाउनु नै
मेरा लागि जन्मदिनको विशेष उपहार हो ।

स्कल्यान्ड र वेल्सले पनि मंगलबारदेखि खोप वितरण सुरु गरेका छन् । बेलायतमा पहिलो चरणमा आउँदो सातासम्म ८ लाख डोज भ्याक्सिन दिइने छ । खोप लगाएका प्रत्येक मानिसलाई खोप कार्ड उपलब्ध गराइने भएको छ ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा छन् । राष्ट्रिय स्वास्थ्य सेवा, इंग्ल्यान्डका मेडिकल डाइरेक्टर प्रोफेसर स्टेफेन पोविसले यो बेलायतकै इतिहासमा जटिल र बृहत् खोप अभियान भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्