पुस १ देखि भक्तपुर नगरपालिकामा ८–१० कक्षाको पढाइ हुने



काठमाडौं । भक्तपुर नगरपालिकाले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको विद्यालय आगामी १ पुसदेखि सञ्चालन गर्ने भएको छ ।

कक्षा ८, ९ र १० का विद्यार्थीलाई आलोपालो प्रणालीबाट पढाउन अनुमति दिने निर्णय गरिएको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।

उनका अनुसार नगरवासी अभिभावक, विद्यार्थी, शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्