भुटानमा पुनः लकडाउन



हेटौंडा । कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुने गरी एक साताका लागि देशभर लकडाउन घोषणा गरेका हुन् ।

लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ ।

राजधानी थिम्पुमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण रोक्नका लागि भन्दै भुटान सरकारले लकडाउनको घोषणा गरेको हो ।

लकडाउनको अवधिमा अनिवार्य रूपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने नियमसमेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्