दुुबईमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइँदै



दुबईमा बुधबारदेखि कोरोना विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु हुने भएको छ । जहाँ फाइजर–बायोन टेक कम्पनीको कोरुोना खोप प्रयोगमा आउनेछ ।

दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको छ ।

मध्यपूर्वकै अर्को देश कतारल पनि फाइजर र बायोनटेकको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । बेलायत, क्यानेडा, अमेरिकालगायत देशमा यसअघि नै फाइजरको खोप प्रयोगमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्