काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अहिले उनीहरु राजधानीको विभिन्न होटेलमा क्वारेण्टिन बसिरहेका छन् ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गरिएको थियो र उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ ।
तर उनीहरुलाई नयाँ प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेले बताए ।