डा.रवीन्द्र पाण्डे, दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ । बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगायतका देशमा पनि यो भाइरस भित्रिएको छ ।
नयाँ प्रजातिको यो भाइरसको अरुलाई सर्ने दर तीब्र छ ्र यसको घातकता अझै निश्चित भएको छैन । हामीले एयरपोर्ट तथा सिमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन नगर्ने हो भने महामारी फेरी दोहोरिन सक्छ ्र घातक प्रभाव कम भएपनि जोखिम बर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणालीको लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ ।
हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ । दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिको कारण संक्रमण फैलिने ठूलो खतरा छ । अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिबार्य र सहि तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं, बिरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु र गराउनु नितान्त जरुरी छ ।
जसरी वुहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरि बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिदैन सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्नको लागि आवश्यक रणनीति बनाउनु अत्यावश्यक छ ।
योजनाबद्ध रुपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रबर्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन, हामी आम जनता यो प्रजातिबाट आत्तिनुपर्दैन, यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिको लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरुले बताएका छन् ।