नर्वेमा भिषण पहिरो : २१ जना बेपत्ता, १० को मृत्यु



नर्वेको एक गाउँमा भिषण पहिरो गएको छ । पहिरोमा परी १० जना घाइते भएको छन् भने २१ जना बेपत्ता छन् । साथै कयौँ घरको क्षति समेत भएको छ ।

प्राप्त जानकारी अनुसार लगभग ७ सय जनालाई नर्वेको गेजरड्रमे गाउँबाट सुरक्षित गरी बाहिर निकालिएको छ ।
यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ ।

एक व्यक्ति गम्भीर रुपमा घाइते भएका छन् । प्रधानमन्त्री एर्ना सोलबर्गले हाल स्थिती निकै असामान्य भएको र हेलिकोप्टरबाटै राहत–उद्धार कार्य गर्न सकिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्