माछा खाएपछि कहिल्यै पिउनु हुदैँन दुध, लाग्न सक्छ यस्तो रोग…



डाक्टरहरुको सल्लाह अनुसार माछा स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुन्छ । माछामा प्रोटिनको मात्रा बढी हुने भएकाले यसले हाम्रो रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता बढाउँछ । माछामा पाइने पौषिक तत्वले क्यान्सर रोग लाग्ने खतरालाई कम गर्छ, आखाँ स्वस्थ्य हुन्छ भने कपाल समेत लामो हुने बताइन्छ । यसका साथै माछाले मधुमेह रोगीहरुलाई पनि फाइदा गर्छ ।

धेरै मानिसको माछा खाएपछि दुध पिउने बानी हुन्छ । तर यो स्वास्थ्यको लागि राम्रो हुदैँन । दुधमात्र नभएर माछा खाएपछि दुधबाट बनेका कुनैपनि परिकार खानु हुदैँन । माछा खाएपछि दुधका परिकार अथवा दुध पिउँदा यसले छालामा निकै नराम्रो असर गर्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । यसलाई भिटिलिगो भनिन्छ ।

भिटिलिगोको समस्यामा छालाले पिगमेन्ट मेलेनिन छोडिदिन्छ जसले सेतो दाग देखिनसक्छ । यस रोगमा छालामा रंग छुट्याउने मिलेनिन नामक पदार्थको निर्माण बन्द गरिदिन्छ । र सेतो धब्बा देखिन थाल्छ ।

त्यसका साथै माछा र दुधको सेवनबाट फुड पोइजन भएर हाम्रो पेटमा समेत असर पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्