बिहान खाली पेटमा कहिल्यै नपिउनुहोस् कफी, मुटुमा पर्न सक्छ गम्भीर असर…



सामान्यतया कफी पिउन हामी सबैलाई मनपर्छ । विशेष जाडो महिनामा हामीले कफी बढी पिउने गरेका छौँ । धेरैको बानी बिहान उठ्ने बित्तिकै कफी पिउने हुन्छ । कफी केही हिसाबले स्वास्थ्यको लागि फाइदाजनक समेत हो । यसले हामीलाई एक्टिभ बनाउनको साथै दिमागलाई पनि फ्रेस राख्छ । तर बिहान कफी पिउनु भने स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ ।

कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । तर यो समयमा पिउने कफीले शरीरमा परिवर्तन ल्याउँछ । जसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ ।

लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या पनि देखिन सक्छ । विशेषतः मधुमेह र मुटुको रोग लाग्ने सम्भावना उच्च रहन्छ । त्यसैले बिहानै उठेर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्