भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइदैँ



छिमेकी राष्ट्र भारतमा भोलिबाट कोरोना खोपको ड्राइ रन सुरु हुने भएको छ । यसैबिच शनिबार गूर तेग बहादुर अस्पतालमा ड्राइ रनको अनुगमनका लागि पुगेका केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षबद्र्धनले देशका प्रत्येक नागरिकलाई निशुल्क रुपमा खोप लगाइने जानकारी दिएका छन् ।

पहिलो चरणमा ३ करोड मानिसलाई खोप लगाइने बताइएको छ । ३ करोडको सुचीमा १ करोड स्वास्थ्यकर्मी र २ करोड फ्रन्टलाईन कामदार रहेका छन् ।

त्यसैगरी दोस्रो चरणमा जुलाईसम्म २७ करोड मानिसहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । भारतको केन्द्रीय औषधी मानक नियन्त्रण संगठन (सिडिएससिओ) अन्तर्गतको विषय विशेषज्ञ समिति (एसईसी) ले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिनका लागि सरकार समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्