यी हुन् नेपाल बाहेक जनवरी १ मा नयाँ बर्ष नमनाउने ५ देशहरु…



केहीदिन अघि विश्वका अधिकांश मूलुकहरुले निकै धुमधामसँग नयाँ बर्षको स्वागत गरे । तर विश्वमा नेपाल बाहेक अन्य यस्ता केही मूलुकहरु छन्, जसले जनवरी १ मा नयाँ बर्ष मनाउने गरेका छैनन् । नेपालमा बैशाख १ लाई नयाँ बर्ष मानिन्छ भने अन्य केही मूलुकहरुमा अर्कै दिन नयाँ बर्ष मनाइन्छ । आज हामी यहाँ यसैबारे चर्चा गर्नेछौँ ।

म्यानमार– म्यानमारमा कहिल्यै पनि जनवरी १ मा नयाँ बर्ष मनाइदैन । म्यानमार १३ देखि १५ अप्रिलकाबिचमा नयाँ बर्ष मनाइन्छ, जसलाई तिजान भनिन्छ ।

थाईल्याण्ड–थाईल्याण्डमा पनि १२ देखि १५ अप्रिलका बिचमा नयाँ बर्ष मनाउने चलन छ ।

ईरान– ईरानमा सूर्यले मेष राशीमा प्रवेश गरेको दिनमा मात्र नयाँ वर्ष मनाइन्छ । ईरानको नयाँ वर्षलाई नौरोज भनिन्छ । नौरोज मुख्यतः मार्च महिनामा पर्ने गर्दछ ।

जापान– जापानमा आज अर्थात जनवरी ५ मा नयाँ बर्ष मनाउने चलन छ ।

भारत–हुनत भारतभर अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ लाई नै नयाँ वर्षको रुपमा मनाइन्छ । तर भारतको तमिलनाडु राज्यमा स्थानिय भाषाको तिथी पोंगलका दिन नयाँ वर्ष मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्