महिलाहरुका लागि पाठेघर स्क्रिनिङ तथा vip परिक्षण आयोजना लोकप्रिय हुनेछ : उप-मेयर ढकाल



खगेन्द्र हमाल, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको नगर गौरवकै योजनाको रुपमा रहेको महिलाहरुका लागि पाठेघर स्कृनिङ तथा VIA परिक्षण अभियानको रुपमा वडा नं १ बाट सुरु भएको छ । धारापनी आधारभूत स्वास्थ्य केन्द्र बि न पा १ सुर्खेत बाट सो कार्यक्रम शुरु गरिएको हो ।

No description available.

बिरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यलय जनस्वास्थ्य साखा सुर्खेत समेत आयोजक रहेकोले यो अभियानले निकै नै ठुलो सफलता हासिल गर्नेछ भन्ने आम सुर्खेतबासिहरुको बुझाई रहेको छ । नगरका १६ वटै वडामा यो अभियान संचालन हुनेछ र यसले महिलाको पाठेघर समस्याको पहिचान तथा समाधानको लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास रहेको छ ।

यो अभियानले पक्कै पनि नारिहरुको समस्याको पहिचान र त्यसको समाधानको लागि महत्वपूर्ण भुमिका खेल्ने बिरेन्द्रनगर नगरपालिकाकि उप-मेयर मोहनमाया ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्