काठमाडौं । सरकारले बुधबारदेखि देशव्यापी रुपमा खोप अभियान सुरु गर्दैछ । कोरोना भाइरसविरुद्धको खोप टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन् ।
निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरु गरिएपनि सुरुमा टेकु अस्पतालमा लगाइने जानकारी दिए ।
उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए ।