काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चित भएर खोप लगाउन आग्रह गरेका छन् ।
पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा.रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए उनीहरुले सबैलाई निश्चित भएर खोप लगाउन आग्रह गरे ।
भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको ‘कोभिशिल्ड’ खोप नेपालमा लगाइएको हो ।