राकेश कुमार शर्मा, राजा ज्ञानेन्द्र शाह र सेनाहरुले अब राजनीतिक दलहरुका नेताहरूको खोट र आजसम्मका गतिविधि बारे राजनीतिक दलहरुका नेताहरूका भक्तहरू र कार्यकर्ताहरुलाई जवाफ दिनुपर्ने समयको माग छ ।
राजनीतिक दलहरुका नेताहरूले मुलुकलाई निकास नदिएर संधैभरी अनिर्णयको बन्दी बनाएपछि गर्ने के ? यसकारण अब सत्ता खोस्नुपर्ने समय आएको छ । नेताहरूले अब राजा ज्ञानेन्द्र शाह र सेनाहरुलाई दोष दिने ठाउँ रहेन ।
मुलुकको लागि दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो । पटक पटकको संसद विघटन र पुष्प कमल दाहालको प्रधानमन्त्री पदबाट को राजीनामाले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ ।
मुलुकमा भर्खर को भर्खरै राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा ञकुझ गरेपनि अर्थात सेनाहरुले सत्ता कब्जा ‘कु’ गरेपनि के.पी.शर्मा ओली, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायण काजी श्रेष्ठ, बाबुराम भट्टराई, प्रभु शाह, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गगन थापा लगायतका नेताहरू र यिनका भक्तहरु, कार्यकर्ताहरु र नेपाली नागरिकहरूले राजा ज्ञानेन्द्र शाह र सेनाहरुलाई दोष दिने ठाउँ रहेन । सत्ता कब्जा भएको खण्डमा पनि अब राजा ज्ञानेन्द्र शाह र सेनाहरु विरुद्ध आन्दोलन र नाराबाजी गरेको कुनै औचित्य हुने छैन । राजनीतिक दलका नेताहरूले देखाउनु रमिता देखाए ।
राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ र सेवा सुविधाहरू उपभोग गर्न र लिन हावी भएको देखियो । राजनीतिक दलहरूका नेताहरूले मुलुकलाई निकास पनि नदिने मुलुकलाई द्वन्द्वमा लग्ने र अनिर्णयको बन्दी बनाउने मात्र काम भयो ।
राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले राजा ज्ञानेन्द्र शाह र सेनाहरु मध्य एक शक्तिले सत्ता कब्जा गर्नुपर्ने खाँचो छ ।
काँग्रेसले पनि संसद विघटन गरेको हो, पुष्प कमल दाहालले पनि आवेशमा आएर प्रधानमन्त्री पदबाट राजीनामा गरेको हो र पार्टी बचाउने जिम्मा र दायित्व सबैको हो र थियोे यसकारण नेपाल कम्युनिस्ट पार्टीका सबै नेताहरू दोषी छन । अब कार्यकर्ताहरुले आफ्नै नेताहरू विरुद्ध आन्दोलन गरे मात्र हो ।
एक्काइसौं शताब्दी हो राजनीतिक दलहरूका नेताहरूले जति फटाइ, धुर्त्यांइ र नाटक मंच देखाउनु सम्म देखाए तत्काल राजा ज्ञानेन्द्र शाह र सेनाहरु मिली सत्ता आफ्नो हातमा लिनुपर्छ साथै विक्रम सम्वत २०५२ साल देखि आजसम्म के के फटाइ, धुर्त्यांइ, नाटकमंच र घोटालाहरु गरे विवरण र लिस्टहरु तैयार पारी प्रमाणहरु सहित राजनीतिक दलहरूका भक्तहरू, कार्यकर्ताहरु र नेपाली नागरिकहरुलाई एक एक जवाफ दिनुपर्ने आवश्यकता छ ।