कतारमा ५० हजार बढीले लगाइसके कोरोना विरुद्धको खोप



कतारमा कोरोना विरुद्धको खोप लगाउन सुरु भएपछि हालसम्म ५० हजार मानिसले खोप लगाइसकेका छन् ।

खोप लगाउन ९० हजारभन्दा बढी मानिसले नाम दर्ता गराएको जानकारी प्राप्त छ । यस्तै अब १० दिनभित्रमा मोडर्ना कम्पनीको कोरोना विरुद्धको खोप पनि कतार आइपुग्ने बताइएको छ ।

कतारमा खोप लगाउने काम जारी छ । तर त्यससँगै कोरोनाको दोस्रो लहर सुरु हुन सक्ने समेत बताइएको छ । दोहा( कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

सन् २०२१ को अन्त्य सम्ममा चार चरणमा कतारमा बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्