गोरखामा हेलिकप्टरमार्फत कोरोना खोप



गोरखा । उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । बिहीबार सिम्रिक एयरको हेलिकप्टरमार्फत दश भाइल एस सय डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम बताए ।

कार्यालयबाट हामीले एम्बुलेन्समा राखेर हरमटारी खेल मैदानसम्म लग्यौं, उनले भने, त्यहाँबाट हेलिमा हालेर माथि पठायौं । उक्त खोप सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई लगाइने उनले जानकारी दिए ।

माघ १४ देखि १८ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियानमा चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सशभागी भएका थिएनन् । उनीहरु खोप केन्द्रसम्म आउन टाढा पर्ने हुनाले खोप नै हेलिकप्टर मार्फत ढुवानी गरेको खत्रीले बताए ।

शुक्रबार चुमनुब्री गाउँपालिकामा तीन वटा खोप केन्द्र स्थापना गरी त्यहाँको स्वास्थ्यकर्मीलार्य खोप लगाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्