चीनसँग अमेरिकाको द्धन्द्ध नभई प्रतिस्पर्धा बढ्छ : बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले अब चीनसँग अमेरिकाको द्धन्द्ध नभई प्रतिस्पर्धा बढ्ने बताएका छन् । सिबिएस न्युजलाई दिएको अन्तर्वार्ताका क्रममा बाइडेनले आफूले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो चीनसँग द्धन्द्ध नबढाउने बरु विभिन्न कोणबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

उनले राष्ट्रपति भएपछि आफूले चिनियाँ समकक्षी सी चिनफिङसँग कुराकानी नगरेको बताए । उनी एकदमै कडा छन् । यो आलोचना गरेको होइन, उनको शरीरमा प्रजातान्त्रिक हाडै छैन । वास्तविकता यही हो, बाइडेनले भने, मैले उनलाई पहिला नै भनेको छु, हामीले द्धन्द्ध बढाउनु हुन्न । तर अब कडा प्रतिस्पर्धा हुनेछ ।

उनले अन्तर्राष्ट्रिय नियमहरुलाई मानेर चीनसँगको सम्बन्ध अघि बढाउने बताए । राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि कर थोपर्दै २ वर्षअघि व्यापार युद्धको थालनी गरेका थिए । व्यापारसँग साउथ चाइना सीलगायत क्षेत्रमा चीन र अमेरिकाको द्धन्द्ध बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्