‘प्रयांक’ भिडियो बनाउन खोज्दा २० बर्षे युवकले गुमाए ज्यान



आजभोलीका मानिसहरु इन्टरनेटमा निकै नै सक्रिय हुन थालेका छन् । इन्टरनेटमा मानिसहरुको ध्यानाकर्षण गराउनको लागि कहिलेकाहि मान्छेले आफ्नो हद नै पार गर्छन् । जसले नराम्रो दुर्घटना हुन सक्छ ।

यस्तै नमिठो घटना अमेरिकामा घटेको छ । अमेरिकामा एक युवकले प्रयांक भिडियो बनाउने क्रममा आफ्नो ज्यान नै गुमाएका छन् । अमेरिकाको नेशवाइलमा बस्ने २० बर्षे युवकले प्रयांक भिडियो बनाइरहदाँ उनीमाथि गोली प्रहार भएको हो ।

यी युवकलाई नेशवाइलको अर्बन एयर ट्रेंपोलिनको पार्किङमा गोली हानिएको हो । यी युवकले त्यहाँ रहेका केही व्यक्तिहरुलाई लुटपाट गर्न खोजेजस्तो गरेर प्रयांक भिडियो बनाइरहेका थिए । उनीसँग उनका एक साथी पनि थिए । उनको हत्या भएपछि घटनास्थल पुगेको पुलिस टिमलाई डेभिड स्टारनेस जुनियर नामका व्यक्तिले आफूले नै तिमोथीलाई गोली हानेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्