यि महिलाले सुधार्छु भनेर यौन अपराधीसँग प्रेम गरिन् तर अपराधीले १३ बर्षकी छोरीलाई बलात्कार गरेर मारिदिए



एक महिलाले कानूनले दोषी ठहर गरेका यौन अपराधीलाई सुधार्न सक्छु कि भन्ने हिसाबले उनीसँग प्रेम गरिन् । तर विडम्बना उनले सोचेजस्तो केहीपनि भएन । ती पुरुष सुध्रिनु त परको कुरा उल्टो उनी उक्त महिलाकी १३ बर्षकी छोरीलाई बलात्कार गरी हत्या गरेर फरार भएका छन् ।

३३ बर्षका निकिता सिल्नोभ ४० बर्षकी जेल अधिकारी वार्डर एकातेरिना शोलोकाभासँग सम्बन्धमा थिए । सिल्नोभले एकातेरिना कार्यरत जेलमा ११ वर्षको सजाय काटेर बाहिर निस्किएपछि नै उनी एकातेरिनासँग सम्बन्धमा थिए । रुसी पुलिसले बालिका हत्या गरिनुअघि बलात्कृत भएकी थिइन् वा थिइनन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्राप्त जानकारी अनुसार उक्त महिलाले छोरीलाई प्रेमी सिल्नोभसँग घरमा छोडेर आफू अस्पताल गएकी थिइन् । अस्पतालमा पुगेपछि महिलाको आफ्नी छोरीसँग एकपटक कुरा भएको थियो । त्यसपछि सिल्नोभले उक्त महिलाको फोन नै उठाउन छोडेका थिए । फोन नउठेपछि महिलाले आफ्नो घरमा तुरुन्त जाँच गर्न अराइन् । अधिकारीहरुले उनको घरमा जाँच गर्दा बालिकाको शव फेला परेको थियो । सिल्नोभ त्यहाँबाट भागिसकेका छन् । उनलाई प्रहरीले तिव्र रुपमा खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्