फागुन २३ देखि ५५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिने तयारी



काठमाडौं । सरकारले २३ फागुनदेखि आम सर्वसाधरणलाई कोरोना खोप दिने तयारी गरेको छ ।

भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरुभएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकार कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिनइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्