२३ बर्षको उमेरमा ११ बच्चा जन्माइसकेकी यी युवतीको सय जना बच्चा जन्माउने चाहना



आजको समयमा युवायुवतीहरु आफू एउटा स्थानमा पुगिसकेपछि मात्र विवाह गर्न रुचाउँछन् । पहिले पहिले सानो उमेरमा नै विवाह गर्ने प्रचलन थियो । अहिले त्यस्तो छैन । तर रुसकी २३ बर्षकी क्रिस्टिना आज्टर्क नाम गरेकी युवतीले यति सानो उमरेमा नै ११ सन्तान जन्माइसकेकी छिन् ।

यो आफैँमा अचम्मको कुरा हो । उनले ११ बच्चाको पालपोषण गरिरहेकी छिन् । तर उनी सय बच्चाको आमा बन्न चाहन्छिन् । क्रिस्टिनाले बताए अनुसार उनले ६ बर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले सेरोगेसीमार्फत जन्माएकी हुन् । अझै उनी धेरै सन्तान चाहन्छिन् ।

यद्यपि सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपैयाँ) पर्छ । यति यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरुले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरु जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् त्यो क्लिनिकले नै उनीहरुको लागि सेरोगेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरुसँग सम्पर्कमा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्