‘मानवताका लागि बलिदान दिनुपर्छ’ भन्दै एक महिलाले आफ्ना १० बर्षका छोरालाई मारिदिइन्



एक महिलाले आफ्ना १० बर्षका छोराको हत्या गरेकी छिन् । ४० बर्षकी यी महिलाले मानवताको लागि मेरो छोराले बलिदानी दिनुपर्छ भन्दै छोराको हत्या गरेकी हुन् । प्राप्त जानकारी अनुसार यी महिला वकिल मानसिक समस्यासँग जुधिरहेकी थिइन् । कोरोनाका महामारीको कारण विश्वव्यापी रुपमा लकडाउन भएपछि यी महिलाको मानसिक स्थिति अत्यन्तै बिग्रियो ।

ओल्गा फ्रिम्यान नामकी यी महिलाको मानसिक स्थिति बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । लण्डनमा बस्ने ओल्गामा छोरा डिल्लन विशेष क्ष्ँमतायुक्त थिए र उनलाई २४ घण हेरचाह गर्नुपर्थ्यो । त्यसैकारण महिलाले संसारको सन्तुलन कायम गर्नको लागि आफ्नो छोराको बलिदान दिनै पर्छ भन्दै छोरालाई मारिन् । यो कुरा उनी आफैले भनेकी हुन् । यसको अडियो अहिले भाइरल समेत भैरहेको छ ।

उनले आफ्ना छोरालाई मारेको स्वीकारेकी छिन् । तर कसरी मारिन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्