काठमाडौं । आजदेखि डाक्टरहरुले जाँच्ने शुल्क बढेको छ ।
नेपाल चिकितसक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इनिस्टच्युसन नेपाल (अफिन) ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरुले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो ।
संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो ।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो ।
सो सम्झौता चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।
तर त्यसलाई कार्यान्वयन नहुँदा संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो ।
पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरहको शुल्क ४ सय ५० तोकेको छ ।
त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्तरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ ।