सिराहा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन



काठमाडौं । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाको शेर गण र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाँउपालिकाको सहकार्यमा सिराहाको देवीपुर र बर्छवाका ५ वटै वडाका १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन भएको छ ।

उक्त स्वास्थ्य शिविरमा कार्यक्रममा जिल्ला अस्पताल सिराहा, जानकी मेडिकल कलेज धनुषा, सगरमाथा आँखा अस्पताल र नम्बर २७ फिल्ड एम्बुलेन्स गुल्म सहित जम्मा १६ जना स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराएका थिए ।

सो क्रममा बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सो स्वास्थ्य शिविरबाट महिला ५८२ र पुरुष ३७९ जना गरि जम्मा ९६१ जना सर्वसाधारणहरू लाभान्वित भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्